सिटीवान टेलिभिजनले ‘तीज मेला’ गर्ने, उपाधि राशी ५० हजार
पाेखरा | भदौ २, २०७९
पोखरा । पोखराबाट सञ्चालनमा रहेको सिटीवान टेलिभिजनले तीजलाई मध्यनजर गर्दै तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी भदौ १० गते “तीजको बेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीजगीत प्रतियोगिता–२०७९” आयोजना गर्ने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् ।
उनले साँस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागेको बताइन् । ‘सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनुपर्छ, उनले भनिन् ‘हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ पहिलो पटक मेला सञ्चालन गर्न लागेका हौं ।’
उनका अनुसार करिब ५० समुहको सहभागिता रहने सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागुपदार्थ दुब्र्यसनी जस्ता सामाजिक विषयलाई सहभागिहरुले गीत प्रस्तुत गर्नेछन् ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सो प्रतियोगिताको विजेता समुहले नगद रु ५० हजार, उपविजेता समुहले ३० हजार, सान्त्वना स्थान हाँसिल गर्ने समुहले क्रमश २० हजार र १० हजार प्राप्त गर्नेछन् ।
यसैगरि उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा र उत्कृष्ट शब्द चयन गर्ने समुहलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सोही कार्यक्रमकै अवसरमा दिर्घायू अस्पतालको सहकार्यमा ‘वृहत हेल्थ क्याम्प’ संचालन गरिने समेत बताइएको छ ।
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...
पोखरा: नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा त...

